Search

नेपालले पहिलोपटक नेत्रहीन क्रिकेट विश्वकपको सेमिफाइनलको

नेपालले पहिलोपटक नेत्रहीन क्रिकेट विश्वकपको सेमिफाइनलको यात्रा गरेको छ । शुक्रबार दक्षिण अफ्रिकाले बंगलादेशसँग पराजय बेहोरेपछि नेपालले चौथो स्थान हासिल गर्दै विश्वकप सेमिफाइनलको यात्रा गरेको हो ।

नेपालले अब पहिलो सेमिफाइनलमा पाकिस्तानको सामना गर्नेछ । नेपाल र पाकिस्तानबीचको खेल आइतबार बिहान पौने ११ बजे मुल्तान क्रिकेट रंगशालामा हुनेछ ।

नेपालले लिग चरणमा ६ खेलबाट ६ अंक जोड्यो । नेपालले समूह चरणमा अफगानिस्तान र दक्षिण अफ्रिकालाई हराएको थियो । भारतले प्रतियोगिता नखेल्ने भएपछि नेपालले भारतसँगको खेलमा वाकओभर बापतको दुई अंक प्राप्त गरेको थियो ।

नेपालले लिग चरणको खेलमा दक्षिण अफ्रिकालाई ११ रनले हराएको थियो । यस्तै, अफगानिस्तानविरुद्ध नेपालले १ सय ८ रनको जित निकाल्यो ।

नेपालले पाकिस्तान र श्रीलंकासँग भने पराजय बेहोर्‍यो । नेपालले सन् २०१२ देखि नेत्रहीन विश्वकप खेल्न लागेको हो ।

Picture of खुल्ला पत्रिका

खुल्ला पत्रिका

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।