१४ वर्षका एक किशोर सोसल मिडिया च्यालेन्जमा भाग लिंदै धेरै पिरो हालेको चिप्स खायो । धेरै खुर्सानी मिसाइएको अत्यधिक पिरो उक्त चिप्स खाएकै कारण उसको मृत्यु भयो ।
आखिर कोही मानिसको खुर्सानी सेवनकै कारण ज्यान जानसक्छ ? चिप्स खाएर मरेको सो किशोरको पोष्टमार्टमले उक्त किशोर जन्मजात हृदयरोगबाट ग्रसित रहेको र अत्यधिक खुर्सानी मिसाएको चिप्स खाँदा समस्या बल्झिएर उसको मृत्यु भएको प्रमाणित भयो ।