Search

टी-२० विश्वकप सुरु, आज उद्‍घाटन खेलमा अमेरिका र क्यानडा भिड्दै

काठमाडौं, जेठ २० । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आज बिहानदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल नेपाली समयअनुसार अहिले बिहान ६ बजेदेखि सुरु हुँदैछ ।

उद्घाटन खेलमा आयोजक राष्ट्र अमेरिकाले छिमेकी राष्ट्र क्यानडाको सामना गर्नेछ । अमेरिकाले आयोजकका रूपमा विश्वकप खेल्ने अवसर पाएको हो । क्यानडा भने अमेरिकी क्षेत्रको छनोट चरण पार गर्दै विश्वकपमा उपस्थित भएको हो ।

तियोगिताको उद्घाटन खेल अमेरिकाको टेक्सासमा खेलिने छ । पहिलो दिन दुई खेल हुनेछन् । पहिलो दिनको दोस्रो खेल अर्को आयोजक राष्ट्र वेस्ट इन्डिज र पपुवा न्यु गिनी ९पीएसजी० बीच हुनेछ । पीएनजी छनोट चरण पार गर्दै विश्वकपमा पुगेको हो ।

वेस्ट इन्डिज र पीएनजीबिचको खेल नेपाली समयअनुसार, राति २०ः१५ बजे सुरु हुनेछ । खेल गुयनामा खेलिने छ । विश्वकपको नवौँ संस्करणमा नेपाल समूह ‘डी’ मा परेको छ ।

नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले आफ्नो पहिलो खेल जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

Picture of खुल्ला पत्रिका

खुल्ला पत्रिका

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।